Category पाहुनाको पालो

माओवादी आन्दोलनले छोडेका सकारात्मक छापहरु

ओ हो हो हो !!! सुचना प्रबिधिको बिकाससंगै नेटमा च्याउसरी उम्रिएका नेपालका खबर साइटहरु कति हो कति । ती सबै पढ्ने त परै जाओस सर्सर्ति हेर्न नि महाभारतै हुनि भैसक्यो । त्यसमाथि भदौरे झरीजस्तै बर्षिने कमेण्टको बर्षा, ब्यक्तिगतस्तरमै ओर्लेर गरीने आरोप प्रत्यारोप र निरर्थक विवादहरुको भुमरीमा फँसियो भने त भोकै मरीने छाँटकाँट पो देखियो गाँठे । के गर्नु ? गरेको प्रश्नको उत्तर नदिइ बडप्पन देखाउन मननलाग्ने आफुलाइ, उत्तर दिनथाल्यो समय ख्वात्तै खाइहाल्नि । hand to mouth को समस्या जहाँ नि त्यस्तै हो, बर्मा गए कर्म सँगै । यस्तै चपेटा र "मेरोसंसार"को लतले बिबिसि सुन्न नि भुल्न थालिएछ । झण्डै गतहप्ताको "प्रचण्डलाइ प्रश्न" नि छुटेको । काकताली नै सहि, ठ्याक्क रेडियो खोल्दा सुन्न पुगेछु, नछुटेकोमा खुशी लाग्यो । तर सुनेपछि बेकार सुनिएछ जस्तो लाग्यो । किन कि, त्यसभन्दा अगाडि देखि नै लेख्न शुरु गरेको यो शीर्षकमा थपथाप पार्ने जाँगर मरेरै गयो बाङ्गेका कुरा सुनेसि । बित्थामा ढीलासुस्ती । तैपनि यसलाइ पस्किन खोजेको छु केहि अपुरो नै सहि ।

नेपालको राजनीतिक जोडघटाउ

राजनीतिमा हुने उतारचढाव केहि शिथिल भएको महशुस गरेर गतहप्ता "खै त अब के होला?" भनेर प्रश्न राख्दै निराशा पोखेको मात्र के थिए, निराशाका लहरको बाढी नै आएछ । त्यसपछिका घटनाक्रमले शान्तिप्रेमीहरुमा निराशाको पारो झनै बढेछ यद्यपि ती अनपेक्षित थिएनन । राजालाइ गालि गर्न पाए अझै उत्साह सेलाउदैन तर सातपार्टी, सरकार+संसद वा माओबादीमध्ये कसले राम्रो कुरो वा काम गरेको छ भनेर कसैले सोध्यो भने म नाजवाफ हुन थालेको छु ।

खै त अब के होला?

जनआन्दोलनको सफलता पछि एकाएक सबै हौसिए, खुशी भए, आशाबादि बने र मनमनै सोच्न थाले - अब त केहि न केहि पक्कै परिबर्तन हुनेछ, हामीले चिताएजस्तो न्यायपूर्ण, गतिशील, र सचेत समाजको निर्माण हुनेछ । राजाका प्रखर अन्धसमर्थकहरु चाहि निराश बने - आफ्नो भविष्य अन्धकार देखेर हो कि ? या तत्कालीन हारले तिलमिलाएर हो ? त्यसपछाडि बिस्तारै घटनाक्रमहरु निराशाजनक रुपमा अघि बढ्न थाले । पहिलो झटका शेरबहादुरले राजालाइ सेनाधिपति बनाउने कुरा गरेर दिए, त्यसपछि गिरीजा नै अघि सरेर सेरेमोनियल राजा र उनलाइ स्पेस दिने जस्ता कुराहरु गर्न थाले । केपि ओलिले त झण्डै सेनाको प्रवक्ता बनेर नेपाल भुषण चन्दलाइ नै माथ गरे । माओबादीले तीब्र हतियारमोह देखाउदै धम्किपूर्ण चन्दाआतंक तीब्र पारे ।